किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा सुरक्षा व्यवस्था कडा

532
Shares

काठमाडौं ।

भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन्। संयुक्त किसान मोर्चासहितका किसान सङ्गठनहरूले संयुक्त रूपमा ग्रामीण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

आफ्नो काम छाडेर सडकमा उत्रिएका किसानहरूले कृषि ऋण मिनाहा हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनका क्रममा किसानविरुद्ध चलाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका छन्।

उनीहरुको आन्दोलनलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टीले पनि समर्थन गरेका छन् । किसानहरूले यही १३ फेब्रुअरीदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए।