फेरि बढ्यो पेट्रोलिम पदार्थको मूल्य

1.7k
Shares

काठमाडौँ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

भाउ बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।