पन्थीलाई अन्तर्राष्ट्रिय पुरस्कार

546
Shares

काठमाडौं ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई  किन भारतले अन्तर्राष्ट्रिय खोज पुरस्कार(INTERNATIONAL Investigative AWARD) प्रदान गरेको छ।

सन् २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको भन्दै उनलाई किन भारतले छनोट गरेको हाे।

डिएसपी पन्थी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका थिए।

उक्त अवार्ड लिन संस्थाले उनलाई भारतको दिल्लीस्थित नेपाली दुतावासमा आयोजनामा गरिएको कार्यक्रममा आमन्त्रण गरेकोमा उनी जान असमर्थ भएकाे हुँदा उनलाई आज उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरको उपस्थितिमा संस्थाका अध्यक्ष नवीन जोशीले  उक्त अवार्ड हस्तान्तरण गरेका छन् ।

उक्त संस्था मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो। पन्थी अहिले उक्त कार्यालयको पिलर ८ वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाहीको जिम्मेवारीमा छन्।