काठमाडौं ।
रसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जानलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगडी ९ ध्वासे फुलबारी स्थायी घर भई हाल जिल्ला काठमाडाैं १५ स्वयम्भु बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।
पीडित गणेश बि.सी समेत २ जनालाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु भन्दै एक लाख पैसठ्ठी हजार रकम लिई सम्पर्क विहीन भएका थिए । प्रहरी टाेलीले मिलन तामाङलाई खोजतलास गर्ने क्रममा फागुन २ गते काठमाडाैं २६ सामाखुशीबाट पक्राउ गरेको हो।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया