नेपाली सेनाबाट अवकास लिएर कमलामाई साबुन उद्योग संचालन

34.3k
Shares

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ विपी नगरमा कमलामाई साबुन उद्योग संचालनमा आएको छ । धुरा फाँट विपी नगरका चन्द्र बहादुर विकले नेपाली सेनाबाट अवकास लिएर साबुन उद्योग संचालन गरेका हुन् ।

करिब ५० लाख लगानीमा विकले सुरु गरेको साबुन उद्योगको आज एक कार्यक्रमका बिच कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले उद्घाटन गर्नुभएको छ ।

साबुन बनाउने मेसिन उपकरण, ट्रष्टको घर, कच्चा पदार्थ, प्याकेजीङ प्लाष्टिक, काटुन लगाएतका सामानमा करिब ५० लाख रुपैयाँ लगानी भएको संचालनक विकले बताउनुभयो ।

दैनिक एक सय काटुन लुगा धुने साबुन उत्पादन गर्न सकिने उद्योगको क्षमता रहेको संचालक विकले बताउनुभयो । १९ बर्ष नेपाली सेनामा रहेर देशको शान्ति सुरक्षाको कामा खटिएका विक आफ्नै देशमा केही व्यवसाय गरे स्वरोजगार बन्न र अरुलाई पनि रोजगार दिन सकिन्छ भनेर साबुन उद्योग संचालन गरिएको बताउनु हुन्छ ।

साबुन उद्योगको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले बेरोजगारी समस्या हटाउन स्थानियस्तरमा खुलेका साना उद्योगहरुले मद्धत पुग्ने भएकाले उद्योगहरुको प्रवद्र्धन र विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख पोखरेलले बजारमा रहेका अन्य साबुनहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणस्तरीय साबुन बनाउन उद्योग संचालकलाई आग्रह समेत गर्नुभयो ।

कमलामाई नगरपालिका ४ का वडाअध्यक्ष महेन्द्र प्रसाद ढकालले सिन्धुली जिल्लाभरी र अन्य जिल्लामा समेत निर्यात गर्ने गरी साबुन उत्पादन गर्न संचालकलाई आग्रह गर्नुभयो । कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघका सचिव तेजु विश्वकर्मा, स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।