लाङबुमा  निर्माण भएको एकीकृत बस्तीमा विस्थापित परिवार बस्न मानेनन् 


रसुवा। 

रसुवाकाे नाैकुण्ड गाउँपालिका वडा नम्बर १ लाङवुमा २७ घर परिवारलाई निर्माण गरेको एकीकृत बस्तीमा विस्थापित परिवार बस्न नमान्दा हाल बस्तिनै सुनसान रहेको छ । उक्त एकीकृत बस्ती राष्ट्रिय पुनर्निर्माण जिल्ला आयाेजना कार्यान्वयन इकाई भवन रसुवाले निर्माण गरेको हो ।

१ करोड १२ लाख रुपैयाँमा दुई  कोठाको २७ वटा भवन भवन निर्माण भएको हो । बस्तीमा सडकको पहुँचसहित खानेपानी,विधुत तथा धेराबारसहित निर्माण सम्पन्न गरी  सबै घरहरू विस्थापित परिवारलाई हस्तान्तरण गरिएता पनि अहिले लाङवु एकीकृत बस्ती सुनसान नै रहेको छ ।

२०७२ सालकाे भूकम्पले विस्थापित बनाएको सोही  वडाकाे साङ्गेल गाउँका २७  घर परिवार लाई निर्माण गरेको लाङ्वु एकीकृत बस्तीमा कमाउने जग्गाबाट   टाढा भएको बन्दै विस्थापित परिवार बस्न नमानेका हुन्  ।

राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयाेजना कार्यान्वयन इकाई जिल्ला आयाेजना कार्यान्वयन इकाई भवनले सुरक्षित स्थान छनोट गरी  आवास निर्माण गरिएको भन्दा साबिकको थातथलाे पुग्न करिब ३ घण्टा पैदल जानुपर्ने खेतीपाती गर्न टाढा भएकाले बस्न नमानेको स्थानीय वतउँछन्।