यू-१९ विश्वकप क्रिकेट : उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै



काठमाडौं ।

आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छन्। दक्षिण अफ्रिकाको विलोमार पार्कमा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे फाइनल खेल सुरू हुने छ।

भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको हो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको हो।

भारतले अहिलेसम्म ५ पटक यू–१९ क्रिकेट विश्वकप जितेको छ। आज फाइनलमा अष्ट्रेलियालाई हराउँदै भारत छैटौँ पटक उपाधि जित्ने दाउमा छ।

अष्ट्रेलिया चौथो पटक उपाधि जित्ने योजनाका साथ मैदानमा उत्रने छ।

प्रतियोगितामा नेपालसहित १६ राष्ट्रले सहभागिता जनाएको थियो। नेपाली टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणसम्म पुगेको थियो।

समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो। समग्रमा यू–१९ विश्वकपमा नेपाली टोली ११औँ भएको छ।

प्रतिक्रिया दिनुहोस्