माओवादी केन्द्रीय समिति बैठक बस्दै

126
Shares

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दै छ।  बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने छ। विधान अधिवेशन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भएपछि केन्द्रीय समिति बैठक बोलाइएको हो।

माओवादीको विधान अधिवेशन यही फागुन १–३ गते काठमाडौंमा हुँदै छ। सो सम्मेलनमा प्रस्तुत हुने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रबार र शनिबार २ दिन स्थायी समिति बैठक बसेको थियो।

सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिइएको छ।

आजको केन्द्रीय समिति बैठक पार्टीको विशेष रूपान्तरण अभियानको समीक्षामा केन्द्रित हुने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।