समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुन नदिने प्रमुख शत्रु वर्तमान सरकार : उपमहासचिव ज्ञवाली

56
Shares

काठमाडौँ ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीप कुमार ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीको महान् लक्ष्य पुरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्धन सरकार रहेको बताएका छन्।

कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सत्ता र कुर्चिका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको अरोप लगाए ।

‘चालु आर्थिक वर्षको श्रावणदेखि आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउन  थालेको सरकारले अहिलेसम्म १ खर्ब ४७ अर्ब आन्तरिक ऋण निकलिसकेको छ । आर्थिक, कूटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सृजना गर्ने देखि बहुआयामीक क्षेत्रमा गठबन्धन सरकार असफल बन्दै गएको छ’ उनले थपे  ‘यसरी फेरीपनि प्रचण्ड जि कुर्चीमा टाँसिएर मात्रै बस्ने हो भने देश थप बर्बादिमा जाने बाहेक कुनै उपलब्धि देखिँदैन ।’

अहिलेको सरकारले कर्णालीमा ‘विकास किन्ने’ र ‘विकास खाने’ दुईटा शब्द थप्ने बाहेक अरु केही उपलब्धि हासिल नभएको बताएका  भएका उपमहासचिव ज्ञवाली यो विकास किन्ने र यो विकास खानेलाई कसरी हटाउने हो ? कर्णालीको समग्र विकासको बाधकका रुपमा रहेको भ्रष्टाचारको दलदलबाट कसरी निकाल्ने ? प्राकृतिक सम्पदाको खानीका रुपमा रहेको कर्णालीलाई समृद्ध बनाउन के गर्ने भन्ने बहस गर्नुपर्ने बेला आएको उल्लेख गर्दै  नेता ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा बढाउने काम भएको जानकारी दिए ।

‘जलस्रोतको अपार जलभण्डारको रुपमा रहेको कर्णालीको अपार कर्णालीको जिम्मा लिएको भारतको जिएमआरले गएको १५ वर्ष आयोजना होल्ड गरेर राखेकै समयमा कुनै काम नहुदैं, परियोजनाको एउटा चपरीपनि नउठाउँदै प्रधानमन्त्री प्रचण्डाले आप्mनो भारत भ्रमणका बेला सत्ता लम्ब्याउन फुकोट कर्णालीको जिम्मा समेत लगाउनु भएको छ । कर्णालीलाई कसरी माथि उठाउने हो भन्ने एजेण्डा यो सरकारको प्राथमिकतामा छैन  । त्यसैलेपनि कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प छैन’ उप–महासचिव ज्ञवालीले थपे ।

पुर्वमन्त्री समेत रहेका  नेता ज्ञवालीले राष्ट्रवादीहरुलाई कमजोर बनाएर आत्मसमर्पणवादीहरु र कम्र्फटटेवलहरुलाई सत्तामा ल्याउनु, सु–शासनका संवाहकहरुलाई किनारा लगाएर भ्रष्टका प्रायबाचीलाई सत्तामा राख्ने, विकास समृद्धिका सपना देख्नेहरुलाई मार्जिनलाइज गरेर विकास  किन्ने र विकास खानेलाई केन्द्रमा स्थापित गर्ने जुन ढंगले मुलुकको राजनीतिक जुन ढंगले अगाडी बढिरहेको छ त्यसलाई मेडिकल ट्रममा भन्ने हो भने देश मल्टीअर्गान फेलिएर अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे ।

सम्पर्क कमिटी पार्टीका रिजर्भ फोर्स हुन्

पार्टी स्कुल विभागका प्रमुख तथा उपमहासचिव प्रदीप कुमार ज्ञवालीले पार्टीको समग्र संरचना भित्र  सम्पर्क मञ्च र सम्पर्क कमिटीहरू पार्टीको रिजर्भ फोर्सका रुपमा रहेको जानकारी दिए ।

‘पार्टीले आव्हान गरेका अभियानहरू चाहे आन्दोलनका मोर्चामा, निर्वाचनको समयमा र प्राकृतिक विपत्तिमा जनपरिचालन गर्ने सन्दर्भमा सम्पर्क कमिटीहरूको भूमिका निकै उल्लेखनीय रहेको छ’ उपमहासचिव ज्ञवालीले भने, ‘सम्पर्क समन्वय कमिटी र सात वटौ प्रादेशिक सम्पर्क मञ्चहरुलाई पार्टीको नयाँ संरचना अनुसार सम्पर्क मञ्चका रुपमा रुपान्तरण भएका छन् ।’ यी कमिटीहरूको भूमिकालाई थप प्रभावकारी र सुदृढ बनाउनका लागि पार्टीले आवश्यक योजना निर्माण गर्दैछ ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्यद्धय मोहन बानियाँ, भैरेवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, छक्कबहादुर लामा, नगेन्द्र शाही (नेशनल), दल रावल कल्पना थापालगायतका नेताहरुले संशोधन गरेका छन्  ।

कर्णाली प्रदेशका दशवटै जिल्लाबाट काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय र अन्य कामका सिलसिलामा काठमाडौँ वसोवास गर्ने ६०८ जना संगठित सदस्यहरुको तर्फबाट छनोट भएका २१३ जना प्रतिनिधिहरुले आगामी कार्यकालका लागि नयाँ नेतृत्व छनोट गर्नेछ ।