एमाले कर्णाली प्रदेश सम्पर्क कमिटिको दोस्रो अधिवेशन आज

उपमहासचिव ज्ञावलीले संवोधन गर्ने

140
Shares

काठमाडौं ।

नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटिको दोस्रो अधिवेशन आजबाट काठमाडौंमा शुरु हुने भएको छ ।

कर्णाली प्रदेशका दशवटै जिल्लाबाट अध्ययन, व्यापार, व्यावसाय, र अन्य कामको सिलसिलामा काठमाडौंमा आएका एमालेका सदस्यहरु आवद्ध रहेको संगठनको दोस्रो अधिवेशन अहिले बिहान काठमाडौं सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा हुने भएको छ ।

कमिटिले अहिलेसम्म गरेका कामको समिक्षा र आगामी कार्यकालका लागि नयाँ कमिटि निर्वाचित गर्ने गरी आयोजना हुन लागेको अधिवेशनको पार्टीका उपमहासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गर्ने एमाले कर्णाली प्रदेश काठमाडौं सम्पर्क कमिटिका सचिव भक्त रावतले जानकारी दिए ।

‘अहिले बिहान बजे उद्घाटन हुने अधिवेशनमा पार्टीका पछिल्लो नीतिका बारेमा उप–महासचिव ज्ञावली कमरेडको विशेष संवोधन रहेको छ’, कमिटि सचिव रावतले भन्नुभयो ‘कार्यक्रममा सम्पर्क समन्वय कमिटि इन्र्चाज लालवावु पण्डीत, कर्णालीबाट प्रतिनिधित्व गर्ने पार्टीका पोटिलव्यूरो सदस्य, केन्द्रीय सदस्यले संवोधन गर्ने कार्यक्रम छ ।’

उनका अनुसार अधिवेशनको उद्घाटन शत्र सकिने बित्तिकै कार्यक्रम स्थलमा बन्दशत्रको आयोजना हुनेछ । कमिटिको राजनीति तथा सांगठानिक प्रतिवेदन, नयाँ नेतृत्व निर्माण लगायतका विषयको टुंगो लागेपछि अधिवेशन सकिने छ ।

कर्णाली प्रदेश सम्कर्प कमिटिको अध्यक्षमा दैलेखका देवी शाही, उपाध्यक्षमा सुर्खेतका सिता भण्डारी, सचिवमा मुगुका भक्त रावत, उप–सचिवमा हुम्लाका बिरजन महतारालगायत दशवटै जिल्लाबाट राजधानी काठमाडौंमा बसोवास गर्ने नेताहरुको प्रतिनिधित्व रहेको छ ।