विमानस्थल बनाउन भन्दा चलाउन कठिन : मन्त्री किराँती

280
Shares

उदयपुर ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले हाम्रो जस्तो मुलुकमा विमानस्थल बनाउन सजिलो नभएको बताएका छन् ।
उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको आज (शुक्रबार) निरीक्षण गर्दै मन्त्री किराँतीले उक्त कुरा बताएका हुन् ।

मन्त्री किराँतीले सिमित स्रोत साधनको कारण विमानस्थल बनाउन निकै अप्ठ्यारो रहेको बताउँदै बनाउन भन्दा विमानस्थल सञ्चालन गर्न झन् समस्या रहेको बताएका छन् ।

नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न नसकिएको नजिर प्रस्तुत गर्दै मन्त्री किराँतीले उदयपुर र भोजपुर खोटाङका केही ठाउँका स्थानीयहरु लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने भएकाले क्रस बोर्डड फ्लाइट र माउन्टेन फ्लाइटबाट भने केही सम्भावना हुने बताए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले प्रयाप्त बजेट नछुट्याउदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन । तीन  अर्व बन्दा बढी  निर्माण लागत लाग्ने विमानस्थलमा यस वर्ष ५ करोड विनियोजन भएको जनाइएको छ ।