मोटरसाइकल रोकिएको ठेलामा ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु

4.8k
Shares

धनगढी ।

कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासी ठोकिँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।