विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

1.3k
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द प्रहरी प्रधान कार्यालय सरुवा भएका छन् ।

चन्दलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो । माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु एक्स–रे गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा खटिएका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग लात्तामुक्का भएको थियो ।

उक्त विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समिति समेत बनाएको थियो । समितिले असई तामाङ निलम्बन र अध्यागमन अधिकृत मोक्तानलाई त्यहाँबाट हटाउन सिफारिस गरेको थियो ।

समितिको सिफारिसप्रति विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्द असन्तुष्ट थिए । उनले सोही कारण राजीनामासमेत दिएका थिए ।