वडाध्यक्ष बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा

154
Shares

काठमाडौँ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम घुस लिएको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १५ लाख रुपियाँ रकमसहित जरिवाना सजाय हुन मागदाबी गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।