प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

12.7k
Shares

काठमाडौं ।

प्रहरीको भ्यानबाट खसेर  प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो ।

 सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।

प्रहरीका अनुसार,  उनलाई तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएको थियो, चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।