जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

896
Shares

कास्की । 

 पोखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।