वृद्धभत्ता लिएर घर फर्किएका वृद्ध बाटाेमा मृत फेला

2.1k
Shares

सोलुखुम्बु ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको वृद्धभत्ता लिएर फर्किने क्रममा बाटोमै मृत्यु भएको छ ।

वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्किने क्रममा सिसखोला पुग्दा उनको मृत्यु भएको हो । सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उनी मृत भेटिएका प्रहरीको भनाइ छ ।