रौतहटमा ओलीलाई १०१ किलोको मालाले स्वागत

19.36k
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।

एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन बिहीबार नै ओलीले उद्घाटन गर्नेछन् ।अधिवेशनमा ओलीसँगै केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतको उपस्थिति रहेको छ । बिहीबार र शुक्रबार चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ ।