२५ वर्षीय महिला बलात्कार गरेकाे आरोपमा तीन जना पक्राउ

3.1k
Shares

काठमाडौं ।
भोजपुर, झापा र भक्तपुरबाट बलात्कार आरोपमा तीनजना पक्राउ परेका छन् ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको षडानन्द नगरपालिका(१ मिलन चोक बस्ने ३५ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई पुस ७ गते दिउँसो सोही नगरपालिका(१ स्थित सार्वजनिक चप्लेटी ढुङ्गामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको कन्काई नगरपालिका(२ सुकुम्बासी टोल बस्ने ५५ वर्षीय लोक बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका(५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई प्रहरीले पक्राउ गरेको छ । लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।