स्कुल बसको ठक्करबाट युवकको मृत्यु

1.6k
Shares

महेन्द्रनगर। 

धनुषामा विद्यालयको बसको  ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो ।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का  रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।