सुन प्रकरण : पूर्वसभामुख महरा बयान दिन सिंहदरबारमा

406
Shares

काठमाडौं ।

विद्युतीय सिगरेट(भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा बयान दिन पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा सिंहदरबार पुगेका छन् ।

सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् ।भेपमा लुकाएर तस्करी भएको ९ किलो प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो ।

सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो ।