दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने

2.4k
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् ।

उनी गल्फ जायन्टसबाट आइएल टी-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ ९क्यान० ले जानकारी दिएको छ ।

गत जनवरी १९ देखि युएईमा जारी आइएल टी-२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ । हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ । गल्फ जाइन्ट भारतको अदानी समुहओ क्लब हो ।