नेपालले सातौं विकेट गुमायो



काठमाडौं ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले सातौं विकेट गुमाएको छ। सातौं विकेटका रूपमा पवन सर्राफ आउट भएका हुन्। उनले ३४ बलमा १५ रन बनाए।

आरिफ शेख ३८, कुशल मल्ल २० रन बनाउँदै आउट भए। यस्तै नेपालका ओपनर कुशल भुर्तेल ६२, आसिफ शेख र रोहित पौडेल ८/८ रन बनाउँदा भीम सार्की १७ रनमा आउट भएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले अहिले ४२.४ ओभरमा १८२ रन बनाएर खेलिरहेको छ। अहिले सोमपाल कामी र सूर्य तामाङ  खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्