नेपालको चौथो विकेट पतन, भीम पनि आउट



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले क्यानडाविरुद्ध पहिलो एकदिवसीय खेल खेलिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले महत्वपुर्ण ४ विकेट गुमाएको छ।

पहिलो विकेटका रुपमा नेपालका ओपनर आसिफ शेख २४ बलमा ८ रन बनाएर आउट भएका थिए भने दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ८ रन बनाउँदै क्याच आउट भए।

तेस्रो विकेटका रुपमा १९ ओभरको तेस्रो बलमा अर्का ओपनर कुशल भुर्तेल साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए।

क्यानडाविरुद्ध आक्रमक ब्याटिङ गरेका कुशलले १४ औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्का मद्धतमा अर्धशक पूरा गरेका थिए।

उनले ५८ बलमा १ छक्का र नौ चौका प्रहार गरेर ६२ रन बनाए। नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो। उनले २६ बलमा १७ रन बनाए। उनले २ चौका प्रहार गरेका थिए।

अहिले नेपालले २६ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १२८ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्