क्यानडाविरुद्ध भुर्तेलले बनाए अर्धशतक

462
Shares

काठमाडौं ।

क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।

भुर्तेलले ४४ बलमा अर्धशतक पुरा गरेका हुन्। अर्धशतक बनाउने क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले १५ ओभरको समाप्तिमा ७३ रन बनाउँदा २ विकेट गुमाएको छ।

नेपालका अर्का ओपनर आसिफ शेख २४ बलमा ८ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल १७ बलमा ८ रन बनाए। भुर्तेललाई अहिले चौथो नम्बरमा ब्याटिङका लागि आएका भीम सार्कीले साथ दिइरहेका छन् ।