क्यानडाविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै



काठमाडौं ।

क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

लिग टुको पहिलो सिरिजको तयारीका लागि नेपालले क्यानडासँग एक दिवसीय सिरिज खेल्न लागेको हो।

आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन्। हेमन्त धामी, आकाश चन्द, अनिल शाह र देव खनाल भने बेन्चमा रहनेछन् ।

प्लेइंग ११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी

प्रतिक्रिया दिनुहोस्