पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा

4.6k
Shares

काठमाडौं ।

नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार साँझ जोशीको शंखमूलस्थित घरमा छापा मारेको हो।

जीबी राई जोडिएका पोखराको सूर्यदर्शन सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको आशंकामा प्रहरीले छापा मारेको जनाएको छ।

जोशीको घरबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयर बरामद गरेको छ। सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राई र पूर्वडीआईजी जोशी व्यापारिक साझेदार हुन्।

उनीहरु दुईकै साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो। पोखराको सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्।

यता सहकारीका संस्थापक अध्यक्ष जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।