एसियन कप : इरानलाई हराउँदै कतार फाइनलमा

560
Shares

काठमाडौं ।

आयोजक कतार एसियन कपको फाइनलमा पुगेको छ। बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो।

कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए। त्यसैगरी इरानका लागि सरदार अजमोउन र् अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए।

यस खेलमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए। एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्ने छ।

योसँगै तीन पटक एसियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ। यस अघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ।