चीनको युशु युवा फुटबल टोली नेपाल आइपुग्यो



काठमाडौं ।

यही माघ २७ गते नेपालको युवा टोलीविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि चीनको युशु युवा फुटबल टोली बुधवार नेपाल आइपुगेको छ ।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको चीनियाँ टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरेका थिए । नेपालस्थित चीनियाँ राजदुतावास, राष्ट्रिय खेलकुद परिषद ९राखेप० र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आगामी शनिबार दुई टोलीबीच मैत्रीपूर्ण म्याच हुने तय भएको हो ।

मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सह-आयोजकमा एन्फा र नेपाल ओभरसिज चीनियाँ संघ रहेको छ । मैत्रीपूर्ण खेल दिउँसो ३ बजे सुरु हुनेछ । खेलअघिको उद्घघाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । त्यस्तै, पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

नेपाली युवा टोलीको जिम्मेवारी राष्ट्रिय सिनियर फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नै सम्हाल्नेछन् । त्यसैगरी चेतन घिमिरेलाई सहायक र मनिष तिम्सिनालाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिईएको छ । एन्फाले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका र नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो सिजनमा प्रभाव जमाएका खेलाडीलाई समेट्दै युवा टोली तयार पारेको छ।

प्रतिक्रिया दिनुहोस्