फोकस नेपालमा अधिवक्ता पाठक

854
Shares

धादिङ ।
खानेपानी सरसफाइ र जिविकोपार्जनको क्षेत्रमा क्रियाशिल सामुदायिक उत्थान पद्धतिका लागि मञ्च (फोकस नेपाल धादिङ) को अध्यक्षमा अधिवक्ता तोला कुमारी पाठक निर्वाचित भएका छन् ।

धादिङवेशीमा सम्पन्न २१ औं साधारणसभा तथा छैटौं अधिवेशनले पाठकलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्ष पदमापाठक र राजाराम सिटौला चुनावी प्रतिस्पर्धामा थिए । पाठकले एक मत बाहेक सबै मत प्राप्त गरी विजयी भएका थियो ।

अधिवेशनले उपाध्यक्षमा विमला नेपाली, सचिवमा राजकुमार त्रिपाठी, कोषाध्यक्षमा कल्पना थापा र सदस्यहरुमा राजाराम सिटौला, हिरादेबी रेग्मी र कमल गुरुङलाई निर्वाचित गरेको छ ।

समुदायमा स्वच्छ खानेपानी तथा सरसफाइ, सामाजिक शान्ति , न्यायपुर्ण समाज निर्माणमा योगदान गर्ने कार्यक्रमहरु गर्ने निर्वाचित अध्यक्ष पाठकले बताए।