किसीसहित तीन पत्रकार सम्मानित

308
Shares

काठमाडौं ।

पत्रकार कृष्ण किसी रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले उनलाई नगदसहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरे ।

रफत सञ्चार क्लब सूर्य विनायक भक्तपुरको मंगलबार भक्तपुरमा भएको १४ औ वार्षिकोत्सवको अवसरमा पत्रकार किसीसहित गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भटराई र सरोकार टिभीका अध्यक्ष पत्रकार दिलीप थापामगर सम्मानित भएका हुन् । उनीहरू तीन नै जनालाई युवा क्रियाशीलता पुरस्कार प्रदान गरिएको हो । कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा। रविन खड्कालाई पनि सम्मान गरियो ।

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियार, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, रफत सञ्चार क्लब अध्यक्ष शुशीलबन्धु थापा, प्रेमबहादुर थापालगायतले पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए ।

पत्रकार किसी २५ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशील छन् । साथै उनी डेढ दसकदेखि ख्वप कलेज देकोचा भक्तपुरमा पत्रकारिता विषय अध्यापनरत छन् । उनी नागरिक दैनिकसँग पनि आबद्ध छन् ।