सहकारीमार्फत ठगीमा संलग्नलाई कारबाही गर्नुपर्छ : गगन थापा

336
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठगीमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारीमार्फत् ठगी गर्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने बताएका हुन् । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

सरकार पूर्वाग्रही हुन नहुने भन्दै उनले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताए ।