बढ्यो सुनको मूल्य, कति पुग्यो ?

994
Shares

काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै बुधबार मूल्य स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।