प्रि-ओपन सेसनमा नेप्से ९ अङ्कले बढ्यो

182
Shares

काठमाडौं ।

प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ। बुधबार प्रि–ओपन सेसनमा नेप्से ९.३८ अङ्कले बढेर २०९५.१० विन्दुमा पुगेको हो।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ। यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ।