घाँटीमा खाना अड्किएर एक जनाको मृत्यु

8.5k
Shares

चितवन ।

घाँटीमा खाना अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्।

सोमबार बेलुका घरमा खाना खाइरहेको बेला कुमालको घाँटीमा भात अड्किएर उनी बेहोस भएका थिए।

उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।