फरार महर्जनविरुद्ध रेडकर्नर नोटिस जारी

238
Shares

काठमाडौं ।

ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिट सहकारीको रकम हिनामिनापछि फरार रहेका भरत महर्जनविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेपछि महर्जनविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका उनीविरुद्ध चार दिनअघि नै रेडकर्नर नोटिस जारी भएको प्रहरी मुख्यालयले जनाएको छ।

सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो।

महर्जनले सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब रुपियाँभन्दा बढी रकम हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ।

करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो। सोही आधारमा अनुसन्धान भइरहेको र उनी नेपालबाट भागेर बेलायतमा बस्दै आएका छन्।