जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुँदै



नवलपरासी  ।

पूर्वी नवलपरासीमा प्रथम मेन्टोर कप  जिल्ला स्तरीय क्रिकेट टुनामेण्ट हुने भएको छ । नकाउटका लिगमा खेलिने सो टुनामेन्ट आउँदो फागुन २ गतेबाट सुरूहुने मंगलबार  कावासोतीमा पत्रकार भेट गरी जानकारी गराइएको छ ।

अधिकांश आईसिसि नियमकै परिधिमा रहेर संचनलन हुने टुनामेन्ट १२ ओभरको रहने खेल संयोजक किरण भुर्तेलले बताए । करिव ३० टिमको सहभागिता रहने सो टुनामेन्टमा टिम दर्ताका लागि ३ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको संयोजक भुर्तेलले जानकारी दिए ।

टुनामेन्टमा प्रथम हने टिमले ५१ हजार १ सय ५१ नगद हात पार्ने छ भने दोस्रो हुने टिमले २५ हजार १ सय २५ मै चित्त बुझाउनु पर्ने जनाएको छ ।

स्थानीय कुमारवर्ती बहुमुखी क्याम्पस चौरमा खेलिने क्रिकेट टुनामेन्टको आयोजक सेन्टर एजुकेसन कावासोती रहेको छ । टुनामेन्टका मेनअफ दि सिरिज,बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरलाई ट्रफि,मेडल र २ हजार ५ सय नगदले सम्मान गरिने कार्यक्रममा  रहेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्