काठमाडौंमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

2.2k
Shares

काठमाडौं ।

एम्बुलेन्सको ठक्करबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार बेलुकी मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।