सुनचाँदीको मूल्य घट्यो

5.1k
Shares

काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको हो।