बढ्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ किनबेच?

1.7k
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलरको बढेको छ भने युरोको भाउ घटेको छ। सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने २२ पैसाले बढेको छ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको छ। सोमबार यसको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रूपैयाँ २७ पैसा तोकिएको छ।

यो मूल्य सोमबारको तुलनामा ०७ पैसाले घटेको हो। यसअघि सोमबार युरोको खरिददर १४२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार १ रुपैयाँ ६९ पैसाले घटेको बेलायती पाउण्ड सटर्लिङ आज पनि ३० पैसाले घटेको हो। मंगलबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६८ पैसा कायम गरिएको छ।

सोमबार यसको खरिददर १६७ रूपैयाँ २२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९८ पैसा तोकिएको थियो। यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ९८ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ ।