टाँचा नलगाएको अवैध काठ बरामद

490
Shares

उदयपुर ।

 जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय बेल्टारबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमबार एक ट्रक ( ५ सय क्यूफिट) अवैध काठ पक्राउ गरी बेल्टार स्थित सव डिभिजन वन कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरको ताप्लीबाट सुनसरीको इनरुवातिर लैजाँदै गरेको अवस्थामा ना. ५ ख १५१ नम्बरको ट्रकलाई चौदण्डीगढी ६ रातमाटेमा शंका लागि चेक जाँच गर्दा ५ सय क्यूफिट उतिस जातको काठ बरामद गरिएको हो ।

टाँचा नलगाई र आवश्यक कागजात समेत नभएको अवस्थामा उक्त काठ पक्राउ गरिएको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय उदयपुरले काठ लिएर जाँदै गरेको ट्रकका चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १० बस्ने वर्ष ३६ को बलराम गिरी र सोही ट्रकका सह चालक जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका  ३ बस्ने वर्ष २६ को राजेश सुनुवारलाई ट्रक सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीकालागि सव डिभिजन वन कार्यालय बेल्टारमा पठाइएको जनाएको छ ।