२ जना फरार प्रतिवादी पक्राउ

476
Shares

उदयपुर ।

 जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय बेल्टारले सोमबार २ जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय  उदयपुरले दिएको जानकारी अनुसार जारी मुद्दामा एक एक महिना कैद सजाय र जनही १ हजार जरिवाना तोकिएका चौदण्डीगढी १० बस्ने वर्ष ३९ को देव कुमार खत्री र वर्ष ४२ की गीता खत्रीलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा पठाइएको हो ।