कायकिङ्गमा उदयपुरका पूर्वछाने प्रथम



  नवलपरासी।

सोमबार नवलपरासी पूर्वमा भएको साहसिक खेल कायकिङ्गमा उदयपुरका युवा डम्बरबहादुर पूर्वछाने प्रथम भएका छन् ।
उदयपुरकाे कटारी १ बेलसाेतका  रिभर गाईड पूर्वछानेले स्थानीय अमलटारी घाटदेखि नन्दपुर सम्मकाे कायकिङ्गमा आफ्ना १८ प्रतिष्पर्धिलाई  उछिन्दै ३५:३८ समयावधिमा जित हासिल गरेका हुन्  ।

जितसंगै पुर्लेवछानेले ४० हजार  नगद, मेडल तथा प्रमाणपत्र पुरस्कार हात पारेका छन् ।

करिव ७ किमि दुरीकाे डाउन रिभर रेस कनु कायकिङ्गमा गाेरखाका दिपेश राना मगर र चितवनका बिजय गुरूङ्ग क्रमश  दाेश्राे र तेश्राे भए ।


चाैंथा र पाचौंमा चितवनका शक्ति कुमार गुरूङ्ग र तनहुँका रविन गुरूलेले जित निकालेका थिए ।

बिजेता लगायत अधिकांश प्रतियाेगिहरू प्याडल नेपाल कम्पनीमा आबद्ध रहेकाे बताइएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषदकाे आयाेजना, जिल्ला खेलकुद समिति नवलपुरकाे समन्वय, नेपाल रयाफ्टिङ एन्ड क्यानाेईङ एसाेसियसन गण्डकीकाे प्राविधिक सहयोग तथा नन्द भाउजू उपभोक्ता समितिको व्यवस्थापनमा उक्त कायकिङ प्रतियोगिता भएको थियो ।

स्थानीय कावासाेती १७ स्थित नारायणी नदीमा संचालित राष्ट्रिय खुल्ला कायकिङ्ग प्रतियाेगिताकाे प्रदेश खेलकुद परिषद सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरेका थिए ।

समापनमा स्थल नन्मादपुरमा शर्माले गण्डकी प्रदेशको उत्तर क्षेत्र मुस्ताङ देखि तराइको नवलपुर सम्मका जैविक विविधताको संरक्षण र विकासलाई खेलकुदबाट जोड्न सकिने बताए ।

साहसिक खेल कायकिङ्गले  नवलपुर क्षेत्रकाे पर्यटन प्रवर्द्धनमा सहयोगी हुने शर्माकाे भनाई रहेकाे थियो ।

कार्यक्रममा प्रतियोगिताका प्राविधिक संयाेजक कायकिङका अन्तर्राष्ट्रिय खेलाडी एवं  प्रशिक्षक निम मगरले नवलपुर साहसिक खेल कायकिङका लागि सम्भावना  बाेकेकाे क्षेत्र भएको बताए ।

प्रतियोगितामा कायकिङका राष्ट्रिय प्रशिक्षकहरू भिष्मराज, कमल बहादुर ठकुरी, नेपाल प्यारा ग्लाईडिङ्ग संघका अध्यक्ष वसन्त दवाडी लगायतको उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्