प्रेस चौतारी नेपाल रामेछापद्वारा निमार्णधिन पार्टी कार्यालयको भवनलाई आर्थिक सहयोग

14
Shares

रामेछाप ।

प्रेस चौतारी नेपाल रामेछाप शाखाले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा पार्टी कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । प्रेस चौतारी रामेछापले हरेक वर्ष वितरण गर्दै आइरहेको विशेष चौतारी पुरस्कार वितरण तथा १४ औ साधारण सभा कार्यक्रममा नेकपा एमाले पार्टी कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।

प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले कार्यालय भवन निर्माण कार्यका लागि नगद २१ हजार १ सय ८० रुपैयाँ आर्थिक सहयोग नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज नवराज पथिक, नेकपा एमाले रामेछापको प्रेस चौतारी नेपालका इन्चार्ज युनिकविफा घिसिङ, मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, अनेरास्वविय रामेछापका अध्यक्ष पुष्कर भट्टराई, प्रेस युनियन रामेछापका सचिव सागर बोहरा, प्रेस सेन्टर रामेछापका अध्यक्ष निरोज श्रेष्ठ, समाजवादी प्रेस सङ्गठन रामेछापका अध्यक्ष कैलाश खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।