चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ

70
Shares

धनगढी ।

कैलालीमा चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेको प्रहरीले जनाएको छ।

दुबै जनालाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार जरीवाना तोकेको थियो। उनीहरू सोही दिनबाटै फरार रहेका थिए। दुवै जनालाई पक्राउ गरी अदालत पठाएको कैलाली प्रहरीले जनाएको छ।