डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता

154
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ ।

घरायसी कारण देखाउँदै गएको शनिबार उनले राजीनामा दिएका थिए। तर, प्रहरी प्रधान कार्यालयमा परामर्शपछि उनले राजीनामा फिर्ता लिएको स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखमा कार्यररत डीआईजी चन्दले विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटपिट भएपछि राजीनामा दिएका थिए । उनको कार्यकाल २०८१ चैतसम्म बाँकी छ ।