अक्फोर्ड एजुकेशनद्वारा  क्रिकेटका राष्ट्रिय खेलाडीलाई खेल सामाग्री हस्तान्तरण

4.6k
Shares

 ललितपुर । 

अक्सफोर्ड एजुकेशनले राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई आफ्नो भङिनी सस्था अक्फोर्ड इन्टरनेशनल प्रालिको १४ वार्षिकउत्सवको  अवसरमा  अन्तर्राष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरेको छ ।

‘वेटर एजुकेशन , बेटर लाईफ’ भन्ने मूल सिद्दान्त बोकेर अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा नेपालमै भन्ने मूल उद्देश्यका साथ स्थापना भएको सो संस्थाले नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी अदिल खान र दुर्गेश थापा क्षेत्रीलाई करिब ३५ हजार मूल्यको क्रिकेट ब्याट र विभिन्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

संस्थाको प्रबन्ध निर्देशक माया बस्नेतले अक्सफोर्ट एजुकेशमन प्रालिका प्रमुख इश्वर जिसीले खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

   संस्थाले  विद्यार्थीलाई उच्च शिक्षा अध्ययनबारे परामर्श दिन ललितपुरको जावलाखेल, पुतलीसडह, राजधानी बाहिर भैरहवा  र बुटवलमा शाखा कार्यालय खोल्ने तयारी गरेको छ । संस्थाले यसअघि विभिन्न खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरिसकेको छ ।