कोशी सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

14
Shares

काठमाडौँ।

कोशी प्रदेश सरकारले सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई विभिन्न सुविधा दिनेगरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिटनिवेदन दर्ता गरेका हुन् । उनीहरुले संविधान विपरित जारी भएको अध्यादेश खारेजीको माग गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाका पदाधिकारीहरुलाई गाडीसहितका सुविधा दिने गरी गत माघ ६ गते अध्यादेश जारी गरेका थिए ।