आगलागीमा परी दाजुबहिनीको मृत्यु

518
Shares

काठमाडौं ।

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ।

आइतबार राति आगलागीमा परी स्थानीय लालु सञ्ज्याल १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान सवा ६ बजेतिर स्थानीयले सञ्ज्यालका दुई बालबालिकाकाे जलेकाे शरीर भेटिएपछि शव पहिचान गर्न सकिने अवस्था नभएर डाक्टरलाई नै बोलाएर पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको छ।

घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ।