महिलालाई प्रशिक्षक बनाउन अनेमसंघले दियो प्रशिक्षण तालिम

70
Shares

काठमाडौं ।

पार्टीका कार्यक्रमहरुमा महिला प्रशिक्षकको संख्या बढायन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले पहल थालेको छ । त्यसका लागि महिला नेताहरुलाई प्रशिक्षकका रुपमा तयार पारिदै छ ।

नेकपा एमाले पार्टी र त्यससंग सम्बन्धित विभिन्न विभाग र तहमा प्रशिक्षकका रुपमा पुरुषको बाहुल्यता छ । प्रशिक्षणमा महिला संख्या बढाउन पहल थालिएको हो । त्यसका लागि अनेमसंघ केन्द्रीय प्रशिक्षण विभागले प्रदेशहरुमा प्रशिक्षक प्रशिक्षण तालिम दिन थालेको छ । अनेमसंघ केन्द्र र लुम्बिनी प्रदेश कमिटीको संयुक्त आयोजनामा बुटवलको रुपन्देहीमा ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । परिक्षाको शैलिमा गरिएको प्रशिक्षणमा उतिर्ण भएकाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

माघ १७ देखि १९ गतेसम्म पुष्षलाल स्मृति भवन बुटवल रुपन्देहीमा गरिएको प्रशिक्षणमा अनेमसंघका स्थानिय तथा केन्द्रीय नेता सहभागी भएका थिए । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सिता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेमसंघ अध्यक्ष टुका भद्रा हमाल, अनेमसंघ केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण विभाग संयोजक शर्मिला कार्की लगायतको सहभागीता थियो ।

प्रदेश कमिटी अध्यक्ष पम्फवाती खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, पार्टी लुम्बिनी प्रदेश स्कुल विभाग सचिव युवराज न्यौपाने, नेकपा एमाले केन्द्रिय सदस्य एवं अनेमसंघका महासचिव पेम्वा लामा , अनेमसंघका केन्द्रिय पदाधिकारी र प्रशिक्षण विभगका सदस्यहरुले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा मार्क्सवादी दर्शन, जनताको बहुदलिय जनवाद, जबजका चौध विशेषता, दशौ महाधिवेशनका कार्यदिशा, नेपाली महिला आन्दोलन, अनेमसंघ, अनेमसंघको उपलब्धी र भावी कार्यदिशा , संगठन निर्माण, परिचालन र व्यबस्थापन, जनप्रतिनिधि र अनेमसंघको अन्तर सम्बन्ध, पार्टी र जनसंगठनको अन्तर सम्बन्ध, महिला हिंसा अन्त्य सम्बन्धि महासन्धिहरु, आर्थिक व्यबस्थापन, सास्कृतिक रुपान्तरण, उद्यमशिलता र आर्थिक शसक्तिकरण, नेतृत्व विकास, संचार, प्रविधि र महिला, सहजिकरण लगायत समसामयिक विषयहरुमा प्रशिक्षित गरिएको थियो। अखिल नेपाल महिला संघका नेताहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न र पार्टीका प्रशिक्षणहरुमा पनि महिलाहरुलाई प्रशिक्षकको रुपमा स्थापित गर्ने उद्देश्यका साथ यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।